अटो मेकानिक्सको आँखा परीक्षण

अटो मेकानिक्सको आँखा परीक्षण

पोखरा । गण्डकी अटो मेकानिकल वक्र्स एसोसिएसन पोखराको आयोजना तथा गण्डकी मेडिकल कलेज, पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा आँखा शिविर भएको छ ।

एसोसिएसन परिवारका सदस्यको निम्ति शिविरमा ३ सयभन्दा बढीको आँखा परीक्षण गरिनुको साथै औषधी र चस्मा वितरण गरिएको कार्यक्रम संयोजक जगनाथ बर्तौलाले बताए ।

शिविर उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पवनकुमार प्रजापतिले व्यवसायीलाई व्यवसायबाट पलायन हुनबाट रोक्न संघले बिउ पुँजी, तालिम सहजीकरणमा सहयोग गर्ने बताए ।
अटो ल्यान्डको निर्माणका लागि संघले महानगरपालिकासँग सहकार्य गर्ने बताए ।

एसोेसिएसन अध्यक्ष सन्तोषकुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्राचार्य प्राडा रवीन्द्र श्रेष्ठ, अटो एसोसिएसन केन्द्रीय उपाध्यक्ष कुलबहादुर नेपाली, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, पूर्व अध्यक्ष सन्तकुमार भट्टराई, सानुमान जलारी, सल्लाहकार कृष्णबहादुर थापा, सृजना विकास केन्द्रका कोषाध्यक्ष कृष्णप्रसाद बराल, सस्ंथाका वरिष्ठ उपाध्यक्ष योगेन्द्रराज भण्डारी, महासचिव विष्णुप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

एसोसिएसनले वार्षिकरुपमा सामाजिक कार्यसहित स्वास्थ्य शिविरहरु, तालिम, सिप विकासका कार्यहरु गर्दै आएको कार्यालय प्रमुख पार्वती बरालले बताइन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top