अदृश्यको सस्पेन्स थ्रिलर ट्रेलर

अदृश्यको सस्पेन्स थ्रिलर ट्रेलर

अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको फिल्म अदृश्यको सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ।

सार्वजनिक दुई मिनेट १३ सेकेन्डको ट्रेलरले पछिल्लो समय देशमा जारी हत्या, हिंसा र बलत्कारजस्ता अपराधको कथा उठान गरेको छ। ट्रेलरले सत्ता र शक्तिको आडमा कसरी अपराधीले सजिलै कानुनको गलत प्रयोग गर्छ भन्ने देखाएको छ। प्रह्लाद काप्mलेको डेब्यु निर्देशन तथा पिताम्बर फिल्म्स्को ब्यानरमा मीना बस्नेत र उमारुद्रा काप्mलेको निर्माणमा निर्माणाधीन फिल्ममा रविन अधिकारी र रिकेश खत्री सहनिर्माता रहेका छन्।

प्रमोद र रिस्ताका अलावा सोहित मानन्धर, प्रवीण खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सीएम भारद्वाज सुवेदी, विकेश प्रजापति, गीत विष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत, प्रतीक भुजेललगायतका कलाकारले अभिनय गरेको फिल्ममा राकेश रणपालको कथा, आकाश उखेडाको पटकथा र संवाद, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, उत्तम हुमागाईं र मोहन कुमार झिल्लुको छायांकन तथा बनिश शाहको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *