
राम अवतार ,चन्द्रौटा ।
थारु कल्याणकारिणी सभा, थरुहट थारुवान संयुक्त सघर्ष समिति कपिलवस्तुले अध्यादेश प्रमाणीकरणकाे माग गर्दै र्यालीसहित काेणसभा गरेकाे छ । थारु कल्याणकारीणी सभा केन्द्रीय सदस्य सुमित्रा थारुले सरकारसँग गरिएको ६ बुँदे सम्झाैता कार्यान्वयन गर्न माग गरिन् ।
जिल्ला शिवराज नगरपालिका वडा नम्वर ५ मा मंगलबार चन्द्राैटामा आयाेजित काेणसभा कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सरकारले ६ बुँदे मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिइन् । टिकापुर हिंसात्मक घटना नियाेजित तरिकाले घटाइएको बताउँदै निर्दाेष रेशम चाैधरी लगायत अन्य जेल सजाय काटिरहेका बन्दीलाई सरकारले अबिलम्ब बिना शर्त रिहा गर्नुपर्ने बताइन् ।

थारु समुदायले पनि आफ्नाे पहिचान संरक्षण र हक अधिकारका लागि लड्ने अधिकार भएकोले सरकारले वञ्चित गर्न नपाउने समेत थारुले जिकिर गरिन् । अहिलेको सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमतिलाई निरन्तरता दिइने बताइन् । यथासिघ्र यो अध्यादेश राष्ट्रिपतिबाट प्रमाणिकारणकाे उनले माग गर्दै टिकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत सरकार समक्ष माग रहेकाे सदस्य थारुले उल्लेख गरिन् ।
काेणसभामा बाेल्दै थाकस युवा सभाका केन्द्रीय सदस्य श्रीनिवास थारुले अध्यादेश राष्ट्रपतिबाट जस्ताको त्यस्तै यथाशक्य चाँडो प्रमाणीकरण गरिनुपर्ने माग गरे । २०७२ भाद्र ७ गते भएको रहस्यमयी दुःखद टिकापुर घटनाको झुठा मुद्दा लगाइएका थारु नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता एवं बन्दिहरुलाई अविलम्ब रिहाइ गर्नुपर्ने थारुले बताए । अधिकार प्राप्तको आन्दोलनको क्रममा थुप्रै थारुहरु निर्दोष हुँदा पनि जेल जीवन बिताउन बाध्य बनाइएको बताउँदै राजनीतिक मुद्दा भएकोले राजनीतिक तवरले समाधान गर्न उनले आग्रह समेत गरे ।
आफूहरुकाे माग कार्यान्वायन नभए सशक्त आन्दोलन गर्न बाध्य हुने संघर्ष समितिले चेतावनी दिएकाे छ । र्यालीमा अध्यादेश प्रमाणीकरण गर, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर, मानवताको अधिकार हाम्रो पनि बराबर, टिकापुर राजबन्दीहरुलाई निर्सत रिहा गर, हामीलाई क्षमा होइन न्याय चाहिन्छ लगायत र्यालीमा सहभागी थारु समुदायले नारा समेत लगाएकाे थियाे ।
थारु कल्याणकारीणीसभा कपिलवस्तुका अध्यक्ष उमाशंकर थारु, थाकस बाणगंगा नगर कमिटीका अध्यक्ष भग्गु प्रसाद थारु, थाकसा जिल्ला सचिव जगत बहादुर थारु लगायतले काेणसभा लाई सम्बाेधन गरेका थिए ।