अन्तर्राष्ट्रिय त्रि-साहसिक प्रतियोगिता सम्पन्न 

अन्तर्राष्ट्रिय त्रि-साहसिक प्रतियोगिता सम्पन्न 

काठमाडौँ। 

नेपाली सेनाले आयोजना गरेको  अन्तर्राष्ट्रिय त्रि-साहसिक प्रतियोगिताको छैटौँ संस्करण  सम्पन्न भएको छ।

 विभिन्न स्वदेशी तथा विदेशी टिमहरूको सहभागितामा धादिङको  बैरेनीदेखि चरौदीसम्म सञ्चालन भएको  (सीओंएएस ) अन्तर्राष्ट्रिय त्रि-साहसिक प्रतियोगिता शनिबार   बलाध्यक्ष, रथी  सिताराम खड्काले समापन गरेका हुन्।

प्रतियोगितामा   ६.७ कि.मि. दौड, २६ कि.मि. साईक्लिङ्ग र ११ कि.मि. र्‍याफटिङ्ग गरी ३ (तीन) वटा इभेन्टहरू समावेश  गरिएको थियो।

कुल २१ टिमका  ८४ जना खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा  नेपाली सेना (त्रिभुवन आर्मी क्लब) को ४ टिम (पुरुष ३ टिम र महिला १ टिम) सहित स्वदेशी १७ टिम र भारतीय सेनाको २ टिम, बेलायती सेनाको १ टिम तथा अमेरिकी सेनाको १ टिम समेत कुल २१ टिमहरूका ८४ जना खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब ‘ए’ टिम  पहिले भएको छ। त्यस्तै त्रिभुवन आर्मी क्लब ‘बि’ टिम दोस्रो र इण्डिएन  आर्मी क्लब ‘ए ’ टिम तेस्रो भएको छ।

महिला तर्फ भने नेपाली आर्मी गर्ल्स  टिम पहिलो बनेको छ। त्यस्तै, संयुक्त फिकल  ( एमटिबी) टिम दोस्रो र दुलुवा केटिस टिम तेस्रो भएको छ।

  प्रतियोगितामा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय टिमको उपाधि इण्डिएन आर्मी क्लब ‘ए ’ टिमलाई प्रदान गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीहरूलाई रथी खड्काले पुरस्कार र प्रमाण-पत्र प्रदान गर्नुका साथै प्रतियोगिता सम्पन्न गर्न योगदान पुर्‍याउने श्री नं. ६ बाहिनी अड्डा तथा  श्री शिवदल गणलाई कदर-पत्र प्रदान गरेका थिए।

प्रतियोगितामा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, नेपालमा कार्यरत सैनिक सहचारीहरु, प्रमुख जिल्ला अधिकारी लगायत धादिङ्ग जिल्लास्थित कार्यालय प्रमुख, सञ्चारकर्मी तथा स्वदेशी एवं विदेशी खेल प्रेमी दर्शकहरूको उपस्थिति रहेको  थियो।

   वि.सं. २०७१ सालदेखि स्वदेशी टोलीहरुको सहभागितामा सुरु भएको उक्त प्रतियोगितामा वि.सं. २०७४ सालबाट विदेशी टिमहरुको पनि सहभागिता रहँदै आएको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *