‘अप्राकृतिक यौन सम्पर्क’ मुद्दामा पतिलाई ९ वर्ष कैद

‘अप्राकृतिक यौन सम्पर्क’ मुद्दामा पतिलाई ९ वर्ष कैद

काठमाडौँ।

भारत छत्तीसगढको दुर्ग जिल्लाको एउटा ‘फास्ट-ट्र्याक कोर्ट’ले पत्नीलाई अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पारेको भनेर पतिलाई कठोर श्रमसहित नौ वर्षको कारावास र दश हजार भारतीय रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। त्यसबाहेक पत्नीलाई कुटपिट गरेको आरोपमा उनले एक वर्षको थप कैद र एक हजार भारतीय रुपैयाँ जरिवाना पनि पतिले तिर्नुपर्नेछ।

स्थानीय अदालतपछि यो मामिला उच्च र सर्वोच्च अदालतसम्म पुगेको थियो। अन्ततः गत शनिवार दुर्गको ‘फास्ट-ट्र्याक’ अदालतले बयान र सबुतहरूका आधारमा  अपराधको प्रकृति हेरेर निमिष अग्रवाललाई भारतीय दण्ड संहिता १८६० को धारा ३७७को आधारमा आफ्नो फैसला सुनाएको हो।

दुर्गको अदालतको फैसलापछि निमिष अग्रवाललाई जेल हालिएको छ।पीडितका वकिल निरज चौबेका अनुसार यो मामिलामा पीडितका सासूससुरालाई पनि दश महिनाको सजाय सुनाइएको छ। पीडितकी नन्दलाई पनि छ महिनाको सजाय सुनाइएको छ।

भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक यौन कृत्यबारे बहस भइरहेका बेला यस्तो फैसला आएको हो।

फैसलापछि पीडित महिलाभन्छिन् , “मलाई हर तरिकाले प्रताडित गरियो। म मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा प्रताडित भइरहेँ। म लाजका कारण अप्राकृतिक यौन सम्बन्धलाई उजागर नगर्ने अरू महिलाहरूलाई पनि आफ्नो हकका लागि आवाज उठाउन आग्रह गर्छु।”
पीडितका अनुसार छोरी जन्मेपछि पतिले थप कुटपिट गर्ने र अप्राकृतिक यौन सम्पर्क गर्न थालेका थिए।

अदालतमा दायर मुद्दाका अनुसार दुर्गका कारोबारी निमिष अग्रवालको बिहे १६ ज्यानुअरी २००७ मा दुर्गकै एक व्यापारीकी छोरीसँग भएको थियो।

-बीबीसी

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *