अफगानिस्तानमा ७० राजनीतिक दलमाथि प्रतिबन्ध

अफगानिस्तानमा ७० राजनीतिक दलमाथि प्रतिबन्ध

काबुल । अफगानिस्तानमा राजनीतिक अधिकार क्रमशः खोसिदैँ गएको छ ।

तालिबान शाषनमा आएको बितेका २ बर्षमा राजनीतिक दल माथी भारी मात्रामा प्रतिबन्ध लगाईएको छ ।

अफगानिस्तानमा सत्तारुढ तालिबानले अर्को अलोकतान्त्रिक निर्णय गर्दै ७० राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ ।

तालिबानका न्यायमन्त्री अब्दुल हकिम शरीले भने, ‘मुस्लिमहरूको जीवन शरिया कानूनमा आधारित छ, त्यसैले साँचो मुस्लिम समाजमा राजनीतिक दलहरूको लागि कुनै गुंजाइश छैन।’

तालिबान सत्तामा आए पछि दर्ता भएका सबै ७० राजनीतिक दलहरूलाई त्यहाँकाे मन्त्रालयले प्रतिबन्ध लगाएको थियो र भनियो कि यी दलहरूले देशमा विभाजनको भावना सिर्जना गर्छन्।

खाडी मुलुकको उदाहरण दिँदै कानुन मन्त्री शेरीले भन्दै आएका छन कि खाँडी मुलुकमा राजनीतिक दल छैन, राजनीतिक दल नरहेकै कारण त्यहाँ समृद्ध छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *