अफगानिस्तानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

अफगानिस्तानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं ।

एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दै छ।  यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ।

नेपाली कप्तान देव खनालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। टस हारेको अफगानिस्तानले अहिले ब्याटिङ गरिरहेको छ।

शुक्रबारदेखि शुरु भएको यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो। त्यस्तै अफगानिस्तानले पनि भारतसँग हार बेहोरेको थियो।

प्रतियोगितामा अगाडी बढ्न नेपालले आज अफगानिस्तानलाई हराउनै पर्ने दबाब रहेको छ।  यो समाचार तयार पार्दासम्म अफगानिस्तानले ७.३ ओभरमा ३६ रन बनाउँदा ३ विकेट गुमाएको छ।

नेपालका लागि हेमन्त धामीले २ विकेट लिएका छन्। गुलसन झाले एक विकेट हात पारेको छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *