
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने छन् ।
डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ । यस्तै यो अफरको लाभ पहिलेदेखि डिशहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाइबर नेटको कनेक्सन लिएर लिन सक्नेछन् ।
कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी ज्म् च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नुहुनेछ । यो अफरको वारेमा थप जानकारी चाहिएमा ०१–५९७०३६५ मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिन्छ ।