अभिनेता मानन्धरलाई मातृशोक

अभिनेता मानन्धरलाई मातृशोक

काठमाडौँ।

फिल्म निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक परेको छ।
विनोदको माता तथा अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धरकी सासू जानकीदेवी मानन्धरको ९० वर्षको उमेरमा एक साताअघि बेलायतमा निधन भएको हो।

ख्यातिप्राप्त साहित्यकार पति ईश्वरप्रसाद मानन्धरका साथ ६० वर्षदेखि लन्डनमा बस्दै आएकी जानकीदेवी ११ वर्षअघि ८२ वर्षको उमेरमा पतिको निधन भएपछि छोरी र नातिनीका साथ लन्डनमै बस्दै आएकी थिइन्। उनले पटक–पटक नेपाल आउने चाहना देखाए पनि स्वास्थ्यका कारण चिकित्सकले अनुमति नदिएको विनोदले बताए।

विनोदका अनुसार जानकी देवीको पार्थिव शरीर आज शुक्रबार काठमाडौं आइपुग्ने छ। उनको आज शुक्रबार नै बिहान साँढे १० बजे पशुपति आर्यघाटमा दाह–संस्कार गरिने भएको छ। एक्लो छोरा रहेका विनोदको तीन बहिनी छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *