अमेरिका जानलाई डिभी भरेको १५ वर्ष भइसक्यो छैन परेको

अमेरिका जानलाई डिभी भरेको १५ वर्ष भइसक्यो छैन परेको

लोकप्रिय हास्यअभिनेता तथा गायक विल्सनविक्रम राई (तक्मे बुढा) ले दर्शक माझ कमेडी शैलीको रमाइलो गीत ल्याएका छन्।

मेरो डीभी चिट्ठा पर्ने होला कहिले बोलको गीत विल्सनले नेपालीमा देखिएको विदेश मोहमा व्यङ्ग्य मिसाएर कमेडी शैलीमा प्रस्तुत गरेका छन्। विल्सनका साथ प्रकाश ओझाको स्वर रहेको गीतमा विल्सनको शब्द र प्रकाशको संगीत रहेको छ।

गीतमाथि बनेको रमाइलो भिडियोमा विल्सन र प्रकाशका साथमा अभिनेता सुनील थापा, मौसम नेम्बाङ, मनस्तोस कार्की, प्रवीन बजगार्इं, सुलिन रिडिङ र एला खिस्तुनोभाको अभिनय रहेको छ।

विल्सनकै निर्देशन रहेको भिडियोमा अंकुर गुरुङको छायाकंन र मनोज कार्कीको छायाकंन रहेको छ। विल्सनको यो गीत र यसको भिडियो उनकै युट्युब च्यानल तक्मे बुढा डट कममा हेर्न सकिन्छ।

<

p style=”text-align: justify”>

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *