लेखनाथ । पोखरा २६, अर्घौचोकस्थित अर्घौ कृषि सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरमा २ सय ५ जनाले सेवा लिएका छन् ।
शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र अन्यहरुका लागि सुगर, प्रेसरको परीक्षण गरिएको थियो ।
अर्घौ कृषि सहकारीको आयोजनामा तथा सिर्जनशील टोल विकास संस्था र सिर्जनशील महिला समूहको सहकार्य एवं संक्रामक तथा सरुवारोग अस्पतालको प्राविधिक सहयोगमा बिरामीको स्वास्थ्य परीक्षण तथा रोग निवारणका उपायबारे सचेतना समेत गराइएको थियो ।
९३ वर्षीया डम्बीकला आचार्यको स्वास्थ्य परीक्षण गरी सुरु शिविरमा ९८ जनाको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर परीक्षण गरिएको थियो । शिविरमा संक्रामक तथा सरुवारोग अस्पतालका डा. सन्दीप ओझा, डा. सञ्जय सापकोटा, डा. विवेक कँडेल, सिनियर नर्स नम्रता बास्तोला, तुलसी पौडेल, सुनिल रेग्मी, कृष्मा गिरी, कृशा शाक्य र सुजाता राजभाटको सहयोग रहेको थियो ।
संस्थाका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हरि लामिछाने र स्वागत कार्यक्रम संयोजक प्रभाकुमारी पौडेलले गरेकी थिइन् ।