अर्थतन्त्र : तथ्यांकमा हेर्दा कस्तो छ अवस्था ?

अर्थतन्त्र : तथ्यांकमा हेर्दा कस्तो छ अवस्था ?

  • सुश्मिता वानिया

काठमाडौं । सुचकहरु पनि सकारात्मक र थप बलियो बन्दै गइरहेका छन् । तर, अर्थतन्त्र भने झन धरासायी बन्दै गइरहेको बताइन्छ । आखिर, कहाँ जान्छ त रेमिट्यान्सको रकम ? के भन्छन त विज्ञहरु ?

रेमिट्यान्स बढ्दा पनि धरासयी अर्थतन्त्रमा सकारात्मक प्रभाव नदेखिनुको प्रमुख कारण, सरकारले रेमिट्यान्सलाई उत्पादनसँग नजोडनु र पूँजीगत खर्चमा लागानी अर्थात ठुला पुर्वधार निर्माणमा लगानी गर्न नसक्नु रहेको अर्थ विज्ञहरु बताउँछन् ।

यो तथ्याङकले बाह्य क्षेत्रमा चिन्ता लिनु नपर्ने स्थिति छ । तर, आन्तरिक अर्थतन्त्रको जोखिम भने कायमै छ । राजस्व संकलनमा वृद्धि, चालु खर्चमा कटौती र पुँजीगत खर्चमा जोड नदिए खराब अर्थतन्त्रमा सुधार आउने अवस्था रहदैन । त्यसैले यसतर्फ ध्यान पु¥याउनु पर्ने विज्ञहरुको सुझाव छ ।

रेमिट्यान्स बढ्यो

चालू आर्थिक वर्षको हरेक महिनामा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचकहरू सबल बन्दै गईरहेका छन् । चैत महिनामा मात्रै रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेको छ, भने शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति पनि थप बलियो अवस्थामा पुगेको छ । तर, आन्तरिक अर्थतन्त्र भने जोखिममै छ ।

चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च बन्दै आएको छ । मासिक रूपमा हेर्दा गएका नौ महिनामध्ये पछिल्ला पाँच महिनामा प्रति महिना १ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार रेमिट्यान्स बढ्दा अर्थतन्त्रका बाह्य सूचकहरू सबल बन्दै गएकोे देखाएको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्ममा रेमिट्यान्समार्फत ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ भित्रिएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो । तर, रेमिट्यान्स सही ठाँउमा लगानी गर्न नसक्दा उत्पादनमुखी हुन भने सकेको छैन ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाहमा पनि सुधार आएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । चालु आर्थिक वर्षको नौ महिनासम्ममा सम्पूर्ण प्रकारले ३ लाख ८७ हजार ३ सय ३९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन । तर, सरकारलाई चालू खर्च धान्नै समस्या भइरहेको छ । अझ् रेमिट्यान्सकर्ता र उनीहरुको योगदानको कदर समेत खासै भएको छैन ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *