अर्थतन्त्र : तथ्यांकमा हेर्दा कस्तो छ अवस्था ?

अर्थतन्त्र : तथ्यांकमा हेर्दा कस्तो छ अवस्था ?

  • सुश्मिता वानिया

काठमाडौं । पछिल्ला नौ महिनामा लगातार रेमिट्यान्स बढ्दै गइरहेको छ, भने अर्थतन्त्रका बाह्य सुचकहरु पनि सकारात्मक र थप बलियो बन्दै गइरहेका छन् । तर, अर्थतन्त्र भने झन धरासायी बन्दै गइरहेको बताइन्छ । आखिर, कहाँ जान्छ त रेमिट्यान्सको रकम ? के भन्छन त विज्ञहरु ?

रेमिट्यान्स बढ्दा पनि धरासयी अर्थतन्त्रमा सकारात्मक प्रभाव नदेखिनुको प्रमुख कारण, सरकारले रेमिट्यान्सलाई उत्पादनसँग नजोडनु र पूँजीगत खर्चमा लागानी अर्थात ठुला पुर्वधार निर्माणमा लगानी गर्न नसक्नु रहेको अर्थ विज्ञहरु बताउँछन् ।

कस्तो छ त अर्थतन्त्रका बाह्य सुचकहरुको अवस्था ?

मुद्रास्फिति ७.७६ प्रतिशत

व्यापार घाटा १७.१ प्रतिशतले कम

रेमिट्यान्स अमेरिकी डलरमा १३.९ प्रतिशतले बढ्यो

शोधान्तर रु १ अर्ब ३७ करोड बचत

कुल विदेशी विनिमय सञ्चिती डलर १० अर्ब ९४ करोड

विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढ्यो

बैंकमा निक्षेप संकलन ७ प्रतिशतले बढ्यो

कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो

यो तथ्याङकले बाह्य क्षेत्रमा चिन्ता लिनु नपर्ने स्थिति छ । तर, आन्तरिक अर्थतन्त्रको जोखिम भने कायमै छ । राजस्व संकलनमा वृद्धि, चालु खर्चमा कटौती र पुँजीगत खर्चमा जोड नदिए खराब अर्थतन्त्रमा सुधार आउने अवस्था रहदैन ।

त्यसैले यसतर्फ ध्यान पु-याउनु पर्ने विज्ञहरुको सुझाव छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *