
काठमाडाैं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको बताएका छन् ।
अर्थमन्त्री महतले राष्ट्रियसभाको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन ।
अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको अर्थमन्त्री महतले बताए ।
मूल्यवृद्धि पहिलेभन्दा घटेको अर्थमन्त्री महतको भनाई छ । उनले, सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वार रहेको पनि जनाएका छन् ।
गत वर्षको भन्दा यसपाली करको दायरा फराकिलो पारेको र सबैको सहयोग भए राजस्व वृद्धि हुनेमा कुनै शंका नरहने अर्थमन्त्री महतले बताए ।
अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्नेसमेत प्रतिबद्धता सकेत गरेका छन् ।
वाग्मती प्रदेशको २३ अर्बभन्दा बढी बजेट फ्रिज
आर्थिक वर्षको अन्तिममा बजेट खर्च बढाउन जथाभावी खर्च गरेपनि वाग्मती प्रदेश सरकारको २३ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ ।
चालु आर्थिक वर्षमा ७० अर्व ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएकोमा प्रदेश सरकारको २३ अर्व २८ करोड ९४ लाख ४१ हजार ३ सय ८२ रुपैयाँ बजेट फ्रिज भएको प्रदेश नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले विनियोजित बजेटको ४७ अर्ब ६४ करोड ९८ लाख ४९ हजार ६ सय १८ रुपैयाँ बजेट खर्च रहेको छ ।
जसमध्ये चालूतर्फको खर्च ६९.९० प्रतिशत चालु खर्च र ६७.१९ प्रतिशत पुँजीगत खर्च रहेको छ । जसमा चालु खर्च २८ अर्ब ७६ करोड २० लाख ७५ हजार रहेको छ भने पुँजीगत खर्च २८ अर्ब २८ करोड ७७ लाख ७३ हजार रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वित्तीय व्यवस्थापन तर्फ छुट्याइएको २ अर्ब बजेटमा ६० करोड रुपैंया अर्थात ३० प्रतिशत मात्रै खर्च भएको छ ।
शनिबार राजस्व कार्यालय खुला राख्न निर्देशन
आन्तरिक राजस्व विभागले भोलि असार ३० गते शनिबार पनि कार्यालय तथा राजस्व संकलन गर्ने बैंक खुला राख्न निर्देशन दिएको छ ।
करदाताहरुले कारोबारको अनुमानित करको विवरण अनुसार तिर्नुपर्ने आय वर्ष २०७९÷८० को अनुमानित करको शतप्रतिशत रकममध्ये तिर्न बाँकी रकम (तेस्रो किस्ता) २०८० असार महिनाभित्र दाखिला गर्नुपर्ने कानुनी व्यवस्था भएकाले विभागले शनिबार पनि कर कार्यालय तथा बैंक संचालन गर्न सूचना जारी गरेको हो ।
सूचनामा ‘असार ३० गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत ठुला÷मध्यमस्तरीय करदाता÷आन्तरिक राजस्व÷करदाता सेवा कार्यालयहरु तथा राजस्व संकलन गर्ने बैंक शाखा एवम् काउन्टर खुला रहने र भुक्तानी क्लियरिङको काम समेत हुने जानकारी गराइएको,’ उल्लेख छ ।
चल्यो चमेलिया–स्याउले–अत्तरिया प्रसारणलाइनको दोस्रो सर्किट
दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १ सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ ।
नेपाल विद्युत प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ बाट सञ्चालनमा थियो ।
नेपाल सरकारको करिब ६० करोड रुपैयाँ लगानीमा दोस्रो सर्किट निर्माण गरी लाइन सञ्चालनमा ल्याइएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार शुरु
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबारको शुरु भएको छ । नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले शुक्रबार एक समारोहका बीच नयाँ स्थान्तरित केन्द्रिय कार्यालय भवनमा एकीकृत कारोबारको शुभारम्भ गरे ।
नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५०० करोड पु¥याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच मर्जरको लागि सम्झौता भएको थियो ।
२०८० जेष्ठ २६ गते साधारण सभाबाट एकीकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र वोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो ।
नयाँ चुक्ता पुँजी ४२९.६ करोड, कर्मचारी ४ सय ४२ र कायम शाखा उपशाखा १ सय १५ हुनेछ ।