अर्थमन्त्रीको दाबी- ‘मैले सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकोले सुन समातियो’

अर्थमन्त्रीको दाबी- ‘मैले सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकोले सुन समातियो’

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले सय किलो सुन समातिनुमा सूचना दिनेलाई पुरस्कार दिने नीतिका कारण सफल भएको बताएका छन् ।

सोमवार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले आर्थिक वर्ष २०८०÷०८१ को बजेटर्माफत ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण सुन बरामद गर्न सफल भएको दाबी गरे ।

मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानूनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए । भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्ने समेत बताए ।

‘जसलाई जे मन लाग्यो त्यो भन्न पाउने, त्यहाँमाथि सामाजिक सञ्जालमा भाइरल भइहाल्छ,’ उनले भने, ‘मैले बजेट बनाउँदादेखि नै यस्तो भिजनमा कल्पना पनि गर्न सक्दिनँ । मैले बजेटमा नै प्रस्ताव गरेको हो कि यो भन्सारमा कतिपय कुराहरुलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई । यो व्यवस्था बीचमा केही समय हटेको थियो । मलाई लाग्छ, त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो । सुन प्रकरणको जरोसम्म नै पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ । कतिपय अवस्थामा यस्ता घटना हुन्छन्, त्यसमा राज्य सुशासन कायम गर्न त्यस्ता दुरुपयोग अनियमितता, गैरकानूनी काम गर्न नदिन कटिबद्ध छ । त्यही अनुसार काम भइरहेको छ ।’

छानबिनका लागि अुनसन्धान टोली बनाएर हामीले काम गरिरहेको बताउँदै उनले अब त्यस्ता कुरा हुन नदिन आधुनिक मेसिन जडान तथा अपडेट गर्ने, कर्मचारीहरुमा उदासिनता देखिए कारबाही गर्ने बताए ।

फरक प्रसंगमा पार्टी केन्द्रिय समितिको बैठक लाइभ गरेसँगै भ्रम छर्नसक्ने गुञ्जायस नरहेको समेत बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *