अलपत्र कृषि विकास बैंक देखी महितासम्मको बाटो निर्माणको काम अघि बढाउन माग

अलपत्र कृषि विकास बैंक देखी महितासम्मको बाटो निर्माणको काम अघि बढाउन माग

अवध जागरण , बहादुरगन्ज
लामो समय देखी अलपत्र रहेको तौलिहवा स्थित कृषि विकास बैक देखी महितासम्मको बाटो निर्माणको काम अघि बढाउने प्रयास भएको छ । सो बाटो निर्माणको काम अघि बढाउन माग गर्दै कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलको अगुवाइमा वडा अध्यक्ष र कर्मचारीको टिम शहरी विकास मन्त्रालयमा डेलिगेशन लिएर पुगेका छन् ।

कृषि बिकास बैंक – महिता चोक सम्मको उक्त बाटो दुइ बर्ष अघि बनाउन शुरु गरिएको थियो । तर त्यतिबेला भेरिफिकेशन अर्डर भिओ स्विकृत नहुँदा काम गरिरहेको कम्पनीले काम रोकेको थियो । त्यति बेला उक्त बाटोको दुबै तर्फ करिब आठ सय मिटर नाली निर्माणको काम समेत भएको थियो । यस अघि संघीय आयोजना भैरहवाले सो बाटो निर्माण कार्य अघि बढाएको थियो ।

सो बाटो अलपत्र हुँदा दिन्हु हजारौं मानिस गर्मिमा धुलो बर्खामा हिलोले पीडित भएका थिए । बाटोमा रहेको धुलो , हिलो र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढेको थियो । धेरैपटक उक्त बाटोमा विभिन्न गाडीहरु हिलोमा भासिएर फसेका थिए। उक्त बाटो निर्माण सम्पन्न भए दिन्हु हजारौं मानिस सुरक्षित रुपमा हिंड्न् पाउने छन् ।

बिगत २ वर्ष देखि सो बाटो निर्माण अलपत्र परे पछि नगरपालिकाको टोली शहरी बिकास मन्त्री मेटमणि चौधरीलाई डेलीगेशन लिएर गएका छन् । उक्त टोलीमा मेयर सुदिप पौडेलको नेतृत्वमा कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे , वडा नं. १ का अध्यक्ष जाहिद खा , नेकपा एसकी नेतृ गीता अन्जान , नगरपालिकाका ईन्जीनीयर राजशे सैनि , नगरपालिकाका लेखा अधिकृत बलराम न्यौपाने लगायतका ब्यक्तिहरु रहेका छन् ।

यसैगरी मेयर पौडेलले कृषि बैकदेखि महिता सम्मको अलपत्र बाटो निर्माणमा मन्त्री चौधरीले चासो दिएको र मन्त्री चौधरीले डिजि र ईकाई प्रमुखलाई यथाशीघ्र सो बाटो निर्माणको काम अघि बढाउन निर्देशन समेत दिएको बताएका छन् । यस्तै मंसिरको अन्तिम साताबाटै काम सुरु हुने मेयर पौडेलले बताउनु भयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *