अलिशा सप्लायर्सले बनाएको बसपार्क सांसद शाहद्वारा उद्घाटन

अलिशा सप्लायर्सले बनाएको बसपार्क सांसद शाहद्वारा उद्घाटन

शहबाज खान/कपिलवस्तु
कृष्णनगर नगरपालिका तथा विजयनगर गाउपालिका भित्रा रहेको‌सबै बन्दा पुरानो तथा ठुलो बाजारको रुपमा चर्चित कृष्णनगरमा सोमवारका दिन बसपार्कको उद्घाटन भएको छ। यो क्षेत्रका पुरानो ठुलो चर्चित तथा भारतीय रेलमार्ग नजिक रहेका कृष्णानगर बाजारमा बसपार्क नहुदा बस व्यवसाय प्रा.लिका बसहरु सडकमा पार्किंग गर्दै आएकोले निकै समस्या भइ रहेको थियो। अलिसा सप्लायर्सले खाद्य संस्थानको नाउमा रहेको १ बिग्घा ७ कट्ठा ३ धुर जग्गा लिईजमा लिई ३०लाख रुपयाको लागतमा अर्को‌ व्यवस्था नहुन्जेल सम्माको लागि बसपार्क निर्माण गरि क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह बाट फिता कटाई उद्घाटन गराएको बसपार्क व्यवस्थापन समिती का अध्यक्ष नसरुल्लाह खांले बताएका छन्। कृष्णनगरमा बसपार्कको व्यवस्थापन भई आज फिता काटी उद्घाटन गर्ना पाउद आफु निकै खुशी भको प्रतिनिधि सभा सदस्य शाहले बताए।

यो बसपार्कले कृष्णनगरको मुहान फेर्दै सयौ वेरोजगारहरुले रोजगार पाउने सम्भावना बढेको र बसपार्कलाई थप व्यवस्थापनको लागि आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता शाहले दिएका छन|। उद्घाटन कार्यक्रममा कृष्णानगर नगरप्रमुख रजत प्रताप शाहले बसपार्क लाई थप व्यवस्थित बनाउनको लागि आफु पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन। यो क्षेत्रका जनता लामो समय देखि कृष्णनगरमा बसपार्कको मांग गरि रहेका थिए आज जनताको मागं पुरा भएको बताए। कृष्णानगरलाई सुन्दर बनाउन लागेका छु हामी जनप्रतिनिधिहरुले बनाउछु तर सहयोग सबैको चाहिन्छ र बाजार भित्राको सड़क निर्माण कार्य तिब्र गतिमा भइरहेको नगरप्रमुख शाहले बताए।

बसपार्क निर्माण कार्यमा कृष्णानगर यातायात प्रा.लिका अध्यक्ष जावेद आलम खां, पश्चिम नेपाल बस व्यवसायी संघ,नमस्ते राप्ती यातायात प्रा.लि का अध्यक्ष शासित खां बसपार्क व्यवस्थापनका किफायतुल्लाह खांको अहमभुमिका रहेको बसपार्क व्यवस्थापन समितीका अध्यक्ष नसरुल्लाह खांले बताएका छन। कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मौलाना मशहुद खां नेपाली,वडा नं.२ अध्यक्ष संजय गुप्ता,लायन्स क्लबका दिनेश चन्द्र गुप्ता, ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेल, सशस्त्र प्रहरी बल कृष्णानगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य,कृष्णानगर यातायात प्रा.लिका अध्यक्ष जावेद आलम खां, पश्चिम नेपाल बस व्यवसायी संघ अध्यक्ष दधिराम खनाल,नमस्ते राप्ती यातायात प्रा.लि का अध्यक्ष शाहिद खां,पश्चिम नेपाल बस व्यवसाय प्रा.लि.कोषाध्यक्ष मोहन पिए लगायत संघ संस्थाका पदाधिकारी शिक्षाप्रेमी भद्रभलादमीहरुको उपस्थिती थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *