अल्कारेज र स्वायटेक च्याम्पियन

अल्कारेज र स्वायटेक च्याम्पियन

एजेन्सी ।

विश्व नम्बर दुई कार्लोस अल्कारेज र विश्व नम्बर एक पोलिस स्टार इगा स्वायटेकले इन्डियन वेल्स टेनिस प्रतियोगिताको उपाधि जितेका छन्।

पुरुष एकलतर्फको फाइनलमा स्पेनिस स्टार अल्कारेजले चौथो वरियाताका रसियन स्टार ड्यानिल मेदभेदेभलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा अक्कारेज ७–६ (७–५) ले विजयी भएका थिए।

दोस्रो सेटमा भने अल्कारेजले ६–१ को सहज जित निकाले । दोस्रो वरियताका अल्कारेजले तेस्रो वरियताका इटालियन स्टार जानिक सिनरलाई १–६, ६–३, ६–२ तथा मेदभेदेभले १७औं वरियताका अमेरिकन खेलाडी टमी पउललाई १–६ ,७–६ (७–३), ६–२ ले हराउँदै फाइनलमा स्थान बनाएका थिए।

त्यसैगरी स्वायटेक पनि इन्डियन वेल्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बनिन्। फाइनलमा पोलिस स्टार स्वायटेकले नवौं वरियताकी ग्रीक खेलाडी मारिया सक्कारीलाई २–० को सोझो सेटमा पराजित गरिन्। स्वायटेकले खेल ६–४, ६–० ले आफ्नो पक्षमा पारेकी हुन्।

स्वायटेकले युक्रेनकी मार्टा कोस्ट्युकलाई ६–२, ६–१ तथा सक्कारीले अमेरिकी स्टार कोको गौफलाई ६–४, ६–७(५ –७), ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *