अल-नासरको सङ्घर्षपूर्ण जित

अल-नासरको सङ्घर्षपूर्ण जित

काठमाडौं ।

साउदी प्रो लिग अन्तर्गत अल नासरले दामाक एफसीमाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा अल नासरले डामकलाई १-० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा खेलको ९१औ मिनेटमा आयमेरिक लापोर्टेले निर्णायक गोल गरेका थिए। यस अघि लगातार दुई खेलमा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो यस खेलमा सब्सटिच्यूटको रुपमा मैदानमा आएका थिए।

यो जितपछि अल नासरको २७ खेलमा ६५ अंक भएको छ र शीर्ष स्थानमा रहेको अल हिलालभन्दा १२ अंकले पछाडी रहेको छ। त्यसै गरी दामाकको भने २७ खेलमा ३५ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *