
कपिलवस्तु — अवधी पत्रकार संघ नेपाल, कपिलवस्तुले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ। ‘रक्तदान, जीवनदान’ भन्ने नारासहित बुधबार शिवराज अस्पताल, बहादुरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले रक्तदानको शारीरिक र मानसिक फाइदाबारे प्रकाश पार्दै नियमित रक्तदानले हृदयघातको जोखिम कम गर्ने बताए। साथै, उनले अवधी पत्रकार संघद्वारा रगत अभाव कम गर्न गरिएको प्रयासको प्रशंसा गरे।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा पत्रकार, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गरेका थिए।