अवधी भाषी पत्रकारका अधिकार सुनिश्चित गर्न महासंघमा ज्ञापनपत्र ।

अवधी भाषी पत्रकारका अधिकार सुनिश्चित गर्न महासंघमा ज्ञापनपत्र ।

कपिलवस्तु ।
अवधी भाषामा पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूको हकहित, पहिचान र क्षमता विकासको माग उठाउँदै अवधी पत्रकार संघ जिल्ला समितिले नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखामा ज्ञापनपत्र पेश गरेको छ।
संघका अध्यक्ष मनीषकुमार गुप्ताको नेतृत्वमा महासंघ कार्यालय तौलिहवा पुगेको प्रतिनिधिमण्डलले शाखा अध्यक्ष डिलाराम भुसालसमक्ष पाँचबुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएको हो। अवधी भाषी पत्रकारलाई संस्थागत रूपमा मूलधारमा ल्याउन महासंघले ठोस पहल गर्नुपर्ने संघको जोड छ।
ज्ञापनपत्रमा अवधी भाषी पत्रकारका लागि सीप, दक्षता र क्षमता अभिवृद्धि गर्ने तालिम नियमित सञ्चालन गर्नुपर्ने, महासंघका गतिविधि तथा संरचनामा अन्य संगठनसरह अवधी पत्रकार संघको सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखिएको छ।
त्यसैगरी महासंघको सदस्यता नपाएका अवधी पत्रकार संघका सदस्यलाई सदस्यता दिलाउन पहल गर्नुपर्ने तथा संघको जिल्ला समिति कार्यालय सञ्चालनका लागि पत्रकार महासंघको भवनभित्र आवश्यक व्यवस्थापनसहित कोठा उपलब्ध गराउनुपर्ने माग पनि समेटिएको छ।
संघले अवधी भाषामा हुने पत्रकारितालाई सम्मान र अवसर दिनु नै समावेशी पत्रकारिताको आधार भएको उल्लेख गर्दै आफ्ना मागहरूप्रति महासंघ गम्भीर हुने विश्वास व्यक्त गरेको

Leave a Comment

Your email address will not be published. Required fields are marked *