अविरल वर्षाजन्य क्षतिप्रति सरकारद्वारा राष्ट्रिय शोक घोषणा

नेपाल सरकारले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण देशभरि भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रिय शोक घोषणा गरेको छ। गृह मन्त्रालयबाट जारी गरिएको सूचनाअनुसार तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।

यस निर्णय मन्त्रिपरिषद्को असोज १४ गते बसेको बैठकबाट भएको हो। सरकारले बाढी पहिरोले निम्त्याएको विपत्तिमा परेका सबैप्रति समवेदना प्रकट गरेको छ र राष्ट्रिय शोकको घोषणा गरेको छ, जस अन्तर्गत आगामी तीन दिनसम्म देशभर शोकको वातावरण कायम रहनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top