अस्ट्रेलियाबाट जय हो

अस्ट्रेलियाबाट जय हो

आगामी भाद्र आठ गतेदेखि रिलिजमा आउने फिल्म जय होको टझेलर अस्ट्रेलियाबाट सार्वजनिक गरिएको छ।

अस्ट्रेलियाको रकडेलस्थित थर्ड आई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मका निर्माताद्वय सुरज ल्वागन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्कीलगायतका कलाकारको सहभागितामा ट्रेलर रिलिज कार्यक्रम गरिएको हो।

निर्माताद्वय ल्वागन र अधिकारीले अभिनेता सलोन बस्नेत अस्ट्रेलिया पुगेको अवसरमा ट्रेलर रिलिज रकडेलमा गरिएको बताए।

दुई मिनेट ४६ सेकेन्डको ट्रेलरमा प्रेम रोमान्स र यात्राको कथा समेटिएको छ। टझेलरमा फिल्मका गीतलाई पनि मिसाइएको छ भने फिल्मका मुख्य कलाकारहरुलाई देखाइएको छ। टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी अधिकरी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतले अभिनय गरेका छन्। सलोन सलिना फिल्म्सको ब्यानरमा शोभित बस्नेतद्वारा प्रस्तुत फिल्ममा सुरेश न्यौपानेको कथा, शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *