१५ असार , कपिलवस्तु ।
केही दिन यता बहादुरगन्ज बजार – अस्तब्यस्त भएको छ । कारण त्यहाँ अटोरिक्सा र बसको व्यवस्थित पार्किङस्थल नहुनु हो । सडकमै जथाभावी गाडी पार्किङ गर्दा चोकम ट्राफिक जाम समेत हुने गरेको छ । हुलाकी सडक बनेपछि लामो सवारी साधनको आवतजावत बढेपछि चन्द्रौटा कृष्णनगर सडक खण्ड र तौलिहवा रोडमा मोटरसाइकल, साइकल र आटोरिक्सा अव्यवस्थित राख्नु र कृष्णनगर यातायात ब्यवसायीको बस मुख्य चोकमै सवारी झार्ने चढाउने कारणले दुर्घटना बढने सम्भावना देखिएको छ ।
छड्के चेकजाँच गर्ने ट्राफिक प्रहरी पनि सो चोकमा ध्यान नदिनु र हुलाकी सडकको ढल अहिलेसम्म ब्यवस्थापन नहुनु तथा नगरप्रहरी अहिले कृष्णनगरमा मात्र केन्द्रित रहेर काम गर्ने पनि ब्यवस्थापन नहुने कारणहरु हुन ।
यो क्षेत्रका स्वास्थ्य सेवा केन्द्र शिवराज अस्पताल जाने सेवाग्राही र रामगोरखा माध्यमिक बिधालय जाने हजारौं विद्यार्थी जाने बाटोको अवस्था पनि कष्टकर नै रहेकोछ ।