‘आइएमई पे’मा अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्दा उपहारको बहार

‘आइएमई पे’मा अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्दा उपहारको बहार

काठमाडौं | आइएमई पेले “रेमिट्यान्समा उपहारको बहार” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको हो । सो अफर यही साउन १ गते देखि साउनको अन्त्य सम्म चल्ने छ ।

यो अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहक मध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन पाउनुहुनेछ । साथै, अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरुप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिनेछ । यस अफर अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरुको पुरस्कार वितरणको तस्बिर तथा भिडियो आइएमई पेको सामाजिक संजालमा प्रकाशन गरिने छ ।

यो अफर ग्राहकवर्गलाई विधुत्तिय माध्यम मार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विधुत्तिय भुक्त्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ सुचारु गरिएको हो ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *