आइएसएमटी कलेजमा बिएचएमको पढाइ

आइएसएमटी कलेजमा बिएचएमको पढाइ


पोखरा । पोखरा १५, अन्नपूर्ण मार्गस्थित आइएसएमटी कलेज पोखराले यस वर्षदेखि बिएचएम कार्यक्रम सञ्चालनमा ल्याएका ल्याएको छ ।

विश्वबजारमा नै हस्पिटालिटी क्षेत्रका दक्ष कामदारको माग बढ्दै गएको र नेपालमा पर्यटन तथा होटल व्यवसायको प्रचूर सम्भावना भएकोले यस क्षेत्रमा दक्ष जनशक्ति अभाव मध्यनजर गर्दैै यस कलेजले उक्त कोर्स सञ्चालनमा ल्याएको जनाएको छ । यो कोर्स गरिसकेपछि विद्यार्थी होटल, टुरिजम सेक्टर, एयरलाइन्स लगायत विभिन्न हस्पिटालिटी क्षेत्र तथा कर्पोरेट सेक्टरमा काम गर्न सक्षम भएर निस्कने कलेजको विश्वास छ ।

बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धनप्राप्त तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमतिप्राप्त यो कलेजले २०१८ देखि पोखरामा नै विश्वस्तरीय बेलायतको शिक्षा पढाउँदै आएको छ । कलेजमा बिएससी आइटी र बिबिए कार्यक्रम समेत सञ्चालित छन् ।

आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख सहर चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धनप्राप्त एवं शिक्षा मन्त्रालयको अनुमतिमा कलेजहरु सञ्चालित छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *