आइपिएल: हैदराबादमाथि चेन्नईकाे रोमाञ्चक जित ।


९ बैशाख २०८०, शनिबार , : भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेकाे छ ।
शुक्रबार राति भएकाे खेलमा हैदराबादलाई हराउँदै चेन्नई अंकतालिकाकाे तेस्रो स्थानमा उक्लेको छ । उसको ६ खेलबाट ८ अंक भएको छ । हैदराबाद भने चार अंकमा नवौं स्थानमा छ ।
शुक्रबार रातिकाे खेलमा हैदराबादले पहिले ब्याटिङ गर्दै २० ओभरमा सात विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाएको थियो । अभिषेक शर्माको ३४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
‘प्लेयर अफ द म्याच’ रवीन्द्र जडेजाले कसिलो बलिङ गर्दै २२ रन खर्चेर तीन विकेट लिए ।
जवाफमा चेन्नईले १८.४ ओभरमा तीन विकेट गुमाएर १ सय ३८ रन बनायो ।उसका लागि ओपनर डेभन कनवे ५७ बलमा ७७ रन बनाएर नटआउट रहे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top