आईपीएल : हैदरावादले मुम्बईलाई ३१ रनले हरायो

आईपीएल : हैदरावादले मुम्बईलाई ३१ रनले हरायो

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो।

हैदरावादले दिएको २७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनाएको थियो। मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६४ रन बनाएका थिए भने टिम डेभिडले ४२, इशान किशनले ३४,, रोहित शर्माले २६ तथा हार्दिक पाण्डेयले २४ रन बनाएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो।

हैदरावादका लागि हेइनरिक क्लासेनले सर्वाधिक ३४ बलमा ८० रन अविजित बनाएका थिए। त्यसै गरी अभिषेक शर्माले २३ बलमा ६३ र ट्राभिस हेडले २४ बलमा ६२ रन बनाएका थिए।

त्यसै गरी एडन मार्क्रमले २८ बलमा अविजित ४२ रन बनाएका थिए। मुम्बईका लागि हार्दिक पाण्डेय, गेराल्ड कोत्जे र पियुष चावलाले एक एक विकेट लिएका थिए। हैदरावादले आइपिएलको इतिहासमा अहिलेसम्मको सर्वाधिक टोटल बनाएको छ।

यस अघि आइपिएलमा २०१३ मा रोयल च्यालेन्जर्स बैंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो। यो हैदरावादको पहिलो जित हो भने मुम्बईले लगातार दुई खेलमा हार व्यहोरेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *