मानसिंह विश्वकर्मा , साउन २३ , लमही
समाजवादी केन्द्रको नेतृत्व र विचार माओवादी नै भएको बताउँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई विजयी बनाउनको लाग्नका लागि पार्टीको नीति र योजना लगेर आम जनतामा जानका लागि लुम्बिनीका अगुवा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
उपाध्यक्ष महराले माओवादी केन्द्रको जनमत सुधार गर्नका लागि जनतामै जानुपर्ने बताउँदै नेपाली जनताको आमूल परिवर्तन गर्नका लागि जनतासँग नै एकीकृत भएर जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयाः–“यदी हामी पार्टी बनाउन चहान्छाँै भने जनतातिर जाआँै, जनतालाई सधै प्राथमिकता दिएर अगाडि बढौँ, जनताको बीचमा गएर पार्टीलाई सुधार गरौँ ।”
यस्तो कुरा उपाध्यक्ष महराले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्वोधन गर्दै लमहीमा बताउनुभो । उपाध्यक्षले महराले जनतलाई सरकार कस्को भन्ने विषय भन्दा पनि जनताको बीचमा के कार्यक्रम लियो भन्ने अर्थ राख्ने बताउनु भएको थियोे ।
उपाध्यक्ष महराले अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि स्थायी समितिको बैठक बसेर छिट्टै पदाधीकारीको टुङ्गो लगाउने जिम्मेवारी दिनुभएको छ । उहाँले भन्नुभयो :- “अध्यक्ष जापान जानुभएको छ, उहाँ आउनु भएमा हामी स्थायी कमिटीको बैठक बस्ने छ हामी टुंगो लगाउछाँै, यो विषय ढिला गर्नु हुँदैन । ” उपाध्यक्ष महराले समाजवादी केन्द्रको नेतृत्व र विचार नेकपा (माओवादी केन्द्र) नै भएकोले गर्दा सबै कम्युनिष्टहरु र समाजवादी तिर आन्दोलन केन्द्रीत गर्ने बताउनुभाये ।
कार्यक्रममा लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले राजनीतिक रुपमा लुम्बिनीमा प्रभावलाई अझै गति दिर्दै अगाडि बढ्नका लागि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजय गराउनको लागि लुम्बिनी प्रदेशमा पार्टीका नेता तथा कार्यकताहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रुाद केसीले लुम्बिनी प्रदेश सरकारले आफ्नो कार्य सम्पादन अब्बल रहेको बताउँदै अझै त्यसलाई सुधार गरी आफूले पार्टीको शिर उच्च राख्ने गरी नै काम गरिरहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीको सरकार हँुदा सकेजति र श्रोत भएजति जनमुखि कार्य गरिरहेको बताउँदै त्यसलाई जनताको आम जीवनस्तर बढल्ने गरी लाग्न पर्ने बताउनुभयो ।
मुख्यमन्त्री केसीले सरकारले आम जनताको आवश्यकतालाई सम्वोधन गरेको बताउँदै त्यसलाई आमजनतासम्म लग्नु पर्ने बताउनुभयो । लुम्बिनी प्रदेशको सरकारको योजनाहरु निर्माण गर्नका लागि लागि रहेको बताउँदै आगमी दिनमा सुधार गर्न सकिने बताउनुभयो । सबैलाई आफ्नो जिम्मेवारी अनुसार जनताको बीचमा गएर काम गर्न अनुरोध गर्नुभयो ।
राजनीतिक बैचारिक रुपमा प्रशिक्षण सञ्चालन गर्नका लागि स्कुलिङ समिति निर्माण गर्नु पर्ने, स्थानीयततहरुमा संगठन निर्माण गर्ने, जववर्गिय संगठनहरुको भेला प्रशिक्षण गर्नु पर्ने , आर्थिक प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, र खाता सञ्चालन गर्नुपर्ने, आर्थिक अनुसासन गर्ने निर्णय गरको अध्यक्ष सुदर्शन बराल लेबताउनुभो ।