आगामी वर्षदेखि मधेस प्रदेशको बजेट बढाउन पहल गरिन्छ : आरजु राणा

आगामी वर्षदेखि मधेस प्रदेशको बजेट बढाउन पहल गरिन्छ : आरजु राणा

  • अनवर अहमद

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले अगामी वर्षदेखि मधेस प्रदेशको बजेट बढाउन पहल गरिने बताएकी छन् ।

सर्लाहीको धनकौल गाउँपालिका–२, स्थित धनकौल बजारमा कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेस प्रदेशका लागि सङ्घीय सरकारबाट प्राप्त बजेट कम भएको स्वीकार गर्दै आगामी वर्षदेखि बजेट बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिनिधि सभा सदस्यसमेत रहेकी कांग्रेस नेतृ देउवाले भारतबाट १०० रुपियाँभन्दा बढीको सामान ल्याउँदा भन्सार बुझाउनुपर्ने भन्ने सरकारले भर्खरै गरेको निणर्य व्यवहारिक नभएको बताइन् ।

‘यो निणर्य व्यवहारिक हिसाबले ठीक छैन्, सत्तारुढ दलको सांसद भएको हैसियतले यस्तो अव्यवहारिक निणर्य भएकोमा म यहाँहरुसँग क्षमा नै माग्छु,” उनले भनिन्, ‘यो निणर्य तुरुन्त सच्याउन आवश्यक छ, त्यसका लागि म पनि पहल गर्छु।’

कांग्रेस सर्लाही क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रामआश्रय साहको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेस मधेश प्रदेशका सभापति तथा मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णा यादव, मधेश प्रदेशका स्वास्थ्यमन्त्री वीरेन्द्रप्रसाद सिंह, मधेश प्रदेशसभा सदस्य जङ्गीलाल राय, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, पूर्व राज्यमन्त्री द्वय शम्भुलाल श्रेष्ठ र नागेन्द्र रायलगायतले मन्तव्य राख्नुभयो । कांग्रेस नेता गजेन्द्र साहको संचालन तथा मधेश प्रदेश कार्य समितिकी सदस्य शर्मिला थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्थानीय प्रशासनले कार्यक्रमस्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको थियो । कार्यक्रममा अन्य पार्टीबाट ठूलो सङ्ख्यामा कार्यकर्तालाई पार्टी प्रवेश गराइएको कांग्रेस नेताहरुले दावी गरेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *