आजबाट देशभर परदेशी–२

आजबाट देशभर परदेशी–२

लोकप्रिय लोकगायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीद्वारा निर्देशित सुपरहिट सामाजिक फिल्म परदेशीको सिक्वेल परदेशी–२ आज देशभर रिलिजमा आउने भएको छ।

अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनामा प्रेम, बिछोड, उमंग, द्वन्द्वलगायतका मानवीय संवेदनाका विविध पक्षको समिश्रणमा तयार पारिएको फिल्ममा गायक प्रकाश सपूतलाई नायकका रूपमा डेब्यु दिइएको छ। प्रकाशस“गै अर्का गायक प्रशान्त तामाङको साथमा केकी अधिकारी वर्षा शिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतले अभिनय गरेको फिल्ममा रमेश बिजीको कथा र पटकथा, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।

निर्देशक रायमाझीले परदेशी–२ घर–घरको कथामा बनेको बताएका छन् भने अभिनेता प्रकाश सपूतले फिल्म सामाजिक कथामा बनेको पारिवारिक फिल्म भएका बताए। अभिनेत्रीद्वय केकी र वर्षाले परदेशी–२ मन छुने फिल्म बनेको बताए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *