आज पनि प्रतिनिधिसभामा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने

आज पनि प्रतिनिधिसभामा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यी मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

सोमबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथीको बजेटमा छफल भएको थियो ।

यसअघिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *