आफूहरुको सुन्दर भविष्य बर्बाद पारेको भन्दै प्रचण्ड, बाबुरामलगायतविरुद्ध सर्वाेच्चमा मुद्धा दर्ता

आफूहरुको सुन्दर भविष्य बर्बाद पारेको भन्दै प्रचण्ड, बाबुरामलगायतविरुद्ध सर्वाेच्चमा मुद्धा दर्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

सशस्त्र द्वन्द्वमा बाल सेना भर्ती गराउनु हुन्न भन्ने थाहा हुँदाहुँदै ढाँटेर बाल सैन्य बनाएर आफूहरुलाई भर्तीमा सामेल गराएर आफूहरुको सुन्दर भविष्य बर्बाद पारेको आरोपसहित निवेदकहरुले उनीहरुविरुद्ध मुद्धा दर्ता गराएका हुन्

पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाल लगायतले मुद्धा दर्ता गराएका हुन् । उनीहरुले प्रधानमन्त्री प्रचण्ड, नेपाल समाजवादी पार्टीका नेतासमेत रहेका डा. भट्टराईसँगै गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गरेका छन् ।

शान्ति सम्झौता भएको साढे १६ वर्षसम्म पनि आफूहरुलाई न्याय नदिइएको भन्दै उनीहरुद्वारा दायर टिमा न्याय, कारबाहीको माग गरिएको छ । निवेदकहरुले तत्काल आफूहरुलाई बालसेनाको पहिचानसँगै उचित क्षतिपूर्तिको माग गरेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *