आफ्नै पार्टी सरकारमा, सांसद अनसनमा

आफ्नै पार्टी सरकारमा, सांसद अनसनमा

  • ज्योति कुमार पन्थी

बर्दिया । प्रतिनिधिसभाका सांसद सञ्जयकुमार गौतम पुल पुनःनिर्माणको माग गर्दै अनसन बसेको मंगलबार चार दिन पूरा भएको छ ।

बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुलको अवस्था ७ बर्षदेखि नाजुक बन्दा सांसद आफै अनसन बसेका हुन् ।

विभिन्न समयका सरकार तथा सरोकारवाला निकाय पुलको निरीक्षण गर्न आएपनि निर्माणका चासो नदिएको उनको दुखेसो छ ।

ब्यापारीक दृष्टिकोणले पनि बर्दियाको सदरमुकामसँग जोडने जब्दी पुल निर्माण सम्पन्न भएर हस्तान्तरण हुन नपाउँदै पिलर भासिँए पनि हालसम्म जिर्णोद्धार हुन सकेको छैन ।

२०७४ सालको बाढीले १४ वटा पिलर मध्य ४ वटा पिलर बगाएर पुल भासिएको थियो । भासिएको पुलको २०७९ सालको बाढीले पुलको स्लाप नै बगायो । पुल निर्माणको लागि पटक पटक सरोकारवाला निकाय गुहारेका सांसद सञ्जयकुमार गौतम सरकारलाई दबाब दिन भन्दै चार दिनदेखि अनसनमा छन् ।

सांसद गौतमको आन्दोलनलाई स्थानीय व्यापारीले समेत साथ दिएका छन् ।

पुलकै कारण स्थानीय उत्पादन बारीमै कुहिने अवस्था आएको कृषकको दुखेसो छ । बहालवाला मन्त्रीसमेतले पुल निरीक्षणमा आएर निर्माणलाई महत्व नदिएको स्थानीयको गुनासो छ ।

सांसद शाह बाढीले भासिएको पुल मुनी नै त्रिपाल टाँगेर अनसनमा बसिरहेका छन् ।

माननीयले नै अनसन बस्न उपयुक्त नहुने भन्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले आग्रह गरेका थिए । तर सांसद गौतम अनसनमा बसेपछि प्रजिअ रिसाललाई चिन्तित बनाएको छ ।

अनसनमा बसेका सांसद गौतमको पार्टी नै सरकारमा छ । आफ्नै दल सत्तामा हुँदा पनि विकास निर्माणको मुद्धा सम्बोधनमा चासो नदिएको अनसनरत सांसदको भनाइ छ ।

गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाका वडा अध्यक्षसहित नगर प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधिले पनि सांसदको अनसनप्रति एक्यबद्धता जनाएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *