आममाफी पाएका रेशमविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बुधबार पेसी

आममाफी पाएका रेशमविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बुधबार पेसी

काठमाडौं। राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा माफी दिएका टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

टीकापुर घटनामा ज्यान गुमाएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले राष्ट्रपतिले चौधरीलाई दिएको आममाफीविरुद्ध रिट निवेदन दर्ता गराएकी हुन् ।

उनले उक्त निर्णय असंवैधानिक रहेको भन्दै रिट दर्ता गराएकी छन् । दर्ता भएको रिट बुधबार पेसीमा तोकिएको ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएसँगै रेशम सोमबार रिहा भइसकेका छन् । यसअघि जिल्ला, उच्च अदालतले रेशमलाई आजीवन जेल सजायको फैसला गरेको थियो । साथै, सर्वाेच्चले पनि उक्त पैmसला सदर गरेको थियो । तर, सरकारले भने रेशमलाई उन्मुक्ति दिएको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *