आयात कर हटाउन विचौलियाको चलखेल : कालीमाटीमा कृत्रिम अभाव

आयात कर हटाउन विचौलियाको चलखेल : कालीमाटीमा कृत्रिम अभाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले अत्यावश्यकीय खाद्यवस्तुमा भन्सार कर लगाएको छ । तर, स्वदेशी उत्पादनमा आत्मनिर्भर नहुँदै हचुवाको भरमा भन्सार कर लगाउँदा उपभोक्ता मारमा परेका छन् ।

बजेटले खाद्यवस्तु आयातमा मूल्य अभिवृद्धि कर लगाएसँगै व्यवसायीहरुले आलु, प्याज लगायतका खाद्य वस्तुहरुको आयात बन्द गरेका छन् । जसका कारण बजारमा प्याजको अभाव भएको छ भने, आलूमा भारी मुल्यवृद्धि भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले तरकारी तथा फलफूल लगाएकतका वस्तुुको आयातमा कर लगाउने निर्णय गरेको छ ।

यसको प्रत्यक्ष असर आम जनताको भान्सामा पर्ने देखिन्छ । सरकारले स्वदेशमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दै कृषिजन्य वस्तुको आयातमा १३ प्रतिशत भ्याट लाग्ने बनायो ।

त्यसको असर ठीक उल्टो देखिएको छ । विचौलियाहरुको दबाब र प्रभावतमा व्यवसायीहरुले उक्त बस्तुको आयात नै रोकेका छन् ।

दैनिक ८० देखि एक सय टनसम्म भित्रिने गरेको प्याज आयात जेठ १८ देखि ठप्प भएको छ । जसका कारण काठमाडौं कालीमाटी तरकारी तथा फलफुल बजारमा जेठ २३ देखि नै अभाव सिर्जना भएको छ ।

कालीमाटीमा जेठ १५ सम्म प्रतिकिलो ३२ रुपैयाँ रहेको आलु जेठ २४ मा ३८ रुपैयाँ प्रतिकिलो रहेको छ । यो मुल्य बढेर प्रतिकिलो ४६ देखि ४८ रुपैयाँसम्म पुग्ने व्यवसायीहरु बताउँछन् ।

सरकारले भ्याट नहटाएसम्म आयात नगर्ने अडानमा रहेका व्यवसायीहरुले उपत्यकामा स्वदेशमै उत्पादित आलू विक्री भइरहेको भएपनि तीनचार दिनमा नै सकिने बताएका छन् ।

हाल कालीमाटी तरकारी बजारमा स्टक आलु ५० टन मात्र रहेको छ । जबकी, भारतबाट दैनिक एक सयदेखि एक सय पचास टनसम्म आलु आयात हुने गरेको थियो ।

भारतबाट आयात गरेर नेपालको झन्डै ९७ प्रतिशत प्याज र ६० प्रतिशत आलुको माग पुर्ती गर्ने गरिएको छ । तर, सरकारले यी कुनैपनि कुराको ख्याल नगर्दा बजारमा प्याज अभाव भएको कालीमाटी तरकारी तथा फलफुल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउछन् ।

सरकारको यो नीतिलाई उपभोक्ता अधिकारकर्मीहरुले अदुरदर्शी तथा अवैज्ञानिक भनेका छन् । सरकार र कालो बजारीमा होमिएका व्यवसायीबीचको चलखेल भएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ ।

संसदमा पोष्ट बजेटमाथिको छलफलमा भाग लिएका केही सांसदहरुले पनि आलु प्याजको आयात कर घटाउनुपर्ने बताएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *