आयुर्वेद कार्यालयकाे वार्षिक समन्वयात्मक समिक्षा याेजना तर्जुमा गाेष्ठी सम्पन्न

आयुर्वेद कार्यालयकाे वार्षिक समन्वयात्मक समिक्षा याेजना तर्जुमा गाेष्ठी सम्पन्न

उत्तमकुमार थापा , बझाङ
जिल्ला आयुर्वेद कार्यालय बझाङले वार्षिक समन्वयात्मक समिक्षा तथा याेजना तर्जुमा गाेष्ठी सम्पन्न भएको छ ।

केदारस्यु गाउँपालीकाकाे झाेतामा आज जिल्ला आयुर्वेद कार्यालयले समिक्षा गाेष्ठी गरेको हाे । कार्यालयले विभिन्न स्थानीयतहमा सेवा दिदै आएका कर्मचारीहरुले कसरी कहाँ के के सेवा दिदै आएका छन । बर्षभरी दिएको सेवा प्रभावकारी भएको र अझै जनसमुदायको सेवामा आयुर्वेद कार्यालय लागसपर्ने भन्दै समन्वय गाेष्ठी राखेको जिल्ला आयुर्वेद कार्यालय बझाङका बरिस्ठ वैद्य तथा सुचना अधिकारी मिनराज पुरीले बताए ।

झाेतामा भएको कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालयका निमित्त कार्यालय प्रमुख गणेश यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला भरिका आयुर्वेद सेवा दिदै आएका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा बरिस्ठ वैद्य कृष्ण कठायतले स्वागत मन्तव्य राख्नु भएको थियाे ।

कार्यालय बाट हुने सेवा सुविधा बारे जानकारी गराउन र आगामी दिनमा कसरी सेवा दिन सकिन्छ भन्ने बिषयमा गहन छलफल भएको थियाे । गाेष्ठीमा छविस पाथिभरा गाउँपालीका ब्यासी आयुर्वेद अाैषधालयका प्रमुख सञ्जय यादवले विभिन्न सेवा दिएको छाै । नागरिक उत्साहित भएको छन । विभिन्न महिला स्वयंसेविका लाई तालिम दिएकाे र ब्यावसायी तालिम पनि दिएकाे उहाँको भनाइ छ ।

कार्यक्रम सञ्चालन बरिस्ठ वैद्य मिनराज पुरीले गर्नु भएको थियाे । कार्यक्रममा बित्थडचिर, केदारस्युकाे रायल दुर्गाथली मष्टा ,तलकाेट छान्नाका आयुर्वेद अाैषधालयका प्रमुख उपस्थिति रहेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *