आर्यन दत्तले ६ विकेट लिएपछि १२३ रनमै समेटियो नामिबिया

आर्यन दत्तले ६ विकेट लिएपछि १२३ रनमै समेटियो नामिबिया

काठमाडौं ।

नामिबियाले नेदरल्याण्डसलाई १२४ रनको लक्ष्य दिएको छ। आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुँदै १२३ रन मात्र बनाएको हो।

नामिबियाका लागिजेजे स्मितले सर्वाधिक २६ रन बनाए भने रुबेन ट्रम्पेलम्यानले २०, जाने ग्रीनले १९ रन बनाएका थिए।

नामिबियाको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा नेदरल्याण्डसका बलर आर्यन दत्तले सर्वाधिक ६ विकेट लिएका थिए। आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै किल क्लेईनले २ विकेट लिएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *