आलियाले लगाइसकेको सारी ६० हजारमा बिक्री

आलियाले लगाइसकेको सारी ६० हजारमा बिक्री

बलिउड अभिनेत्री आलिया भट्ट फिल्म रकी और रानी हालै रिलिज भएपछि फिल्मको सफलता मनाइरहेकी छिन्।

करण जोहरको निर्देशन तथा निर्माणमा बनेको फिल्ममा आलियाले सारी मात्र लगाएर युवा युस्तामाझ सारीको नयाँ ट्रेन्ड नै सुरु गरेकी छिन्। फेसन डिजाइनर मनीष मलहोत्राले डिजाइन गरेका सारीहरुलाई अलियाले केही दिन अघि सेलमा राखेकी थिईन्। ती सारीको मूल्य भने ५७ देखि ६० हजारसम्म भारतीय रुपियाँ तोकिएको थियो। ती सारी सेलमा राखेको एक दिनमै बिक्री पनि भइसेकको छ।

तर,आलियाको सेकेन्ड ह्यान्ड सारी व्यापारको विषयलाई केही दर्शकले आलोचना गरेका छन्। उनीहरुले अभिनेत्री भएको फाइदा उठाउँदै लगाइसकेको कपडाको चर्को मूल्यमा बिक्री गरेको भन्दै सामाजिक सञ्जालमा ट्रोल बनाएर उनको मजाक उडाइरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता सारी सामान्य पसलमा पनि एक हजार रुपियाँमा पाइने भन्दै विभिन्न खालका प्रतिक्रिया दिएका छन्। आलियाले आफूले प्रयोग गरेका कपडा बेचेको यो पहिलोपटक भने होइन। उनले आफूले विभिन्न अवसरमा लगाएका कपडा सामाजिक कार्यमा सहयोग गर्ने भन्दै लिलामीमा राखेर महँगो मूल्यमा बिक्री गर्दै आएकी छिन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *