आशिष विजेता

आशिष विजेता

काठमाडौं । आशिष फुयाल एमेच्योर चेसको राष्ट्रिय बिजेता

सुदुर पश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखाका आशिष् फुयालले जितेका छन्।

उनले अन्तिम चरणको खेलमा पुर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंसंग बराबरी खेलेका थिए। नवौं चरणसम्म भएको खेलमा आषिशले अपराजित रहेर छ खेलमा जीत निकाले भने ३ खेलमा बराबरी खेली साढे ७ अंक सहित पाँचौ राष्ट्रिय एमेच्योर विजेता भईका हुन्। आशिषले उपाधि सहित ४० हजार नगद हात पारे।

त्यसैगरी पछिल्लो भएका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका १४ बर्षिय काठमाडौका खेलाडी पुरुषोत्तम सिलवाल उप विजेता भए। ७ अंक जोडेका पुरुषोत्तम समान अंक नै लिएका पुर्व नेपाल च्याम्पियन नवीन तन्डुकारलाई ट्राईबेकरमा पछाडि पारिका थिए । उनले नवौं चरणको खेलमा ललितपुरका क्याण्डिडेट मास्टर हराउन सफल भए। नवीन तण्डकारले तेस्रो स्थान ओगटे । पुरुषोत्तमले नगद २५ हजार र नविनले रु १५ हजार नगद हात पारे।

त्यसैगरी काठमाडौका शुसुरत दाहाल , कैलालीका रोशन थापा, कनचन्पुरका टेकेन्द्र राज पाठक , चौथो , पाचौं र छैटौं स्थानमा रहे भने बाँकेका तिर्थ बहादुर बिक, दोलखाका राजिव कार्की काठमाडौका पुरुषोत्तम चौलागाईं र महोत्तरीका लक्ष्मण कुमार सेठ सातौ देखि दशौं स्थानमा रहे।

महिलातर्फ मोरडकि शान्ति धिमाल पहिलो भईन्। उनले नगद २० हजार पाइन् भने दोश्रो भएकि झापाकि पूजा सिंखडा दोस्रो स्थानमा रहेर १५ हजार र काठमाडौकि सिन्दिरा जोशीले १० हजार नगद पुरस्कार हात पारिन् ।

नेपाल भरिबाट ३५ जिल्लाका ८५ जना खेलाडी सहभागीता रहेको प्रतियोगितामा बिजेता खेलाडीहरुलाइ सुदुर पश्चिम खेलकुद परिषदका सदस्यीय सचिव दिपक सिंले विजेता खेलाडीहरुलाइ पुरस्कार वितरण गरे।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *