पोखरा । इन्फरमेटिक्स कलेज पोखराको आयोजनामा बुधबार टेक इभेन्ट कार्यक्रम ‘फुटुरामा’ सम्पन्न भएको छ ।
पोखरा–१२ माटेपानीस्थित कलेज परिसरमा २ दिनसम्म चलेको कार्यक्रममा कास्कीसहित विभिन्न जिल्लाका कक्षा ८ देखि १२ सम्मका झण्डै ७ हजार विद्यार्थी सहभागी भएको कलेजले जनाएको छ ।
काठमाडौंको आइएलजी स्किल एकेडेमीको सहकार्यमा भएको कार्यक्रममा सूचना प्रविधि र बिजनेससम्बन्धी प्रदर्शन गरिएको कलेजकी प्रशासन विभाग प्रमुख रिया नकर्मीले बताइन् । ‘फुटुरामा’ मा आईटि तथा बिजनेससम्बन्धी एआई एन्ड रोबिटिक्स्, इमर्जेन्सी नोटिफाइ सिस्टम, वाकिङ पियानो र गो कार्ट जस्ता प्रविधि प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी रमानाथ घिमिरेले कार्यक्रम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिए ।