उच्च आर्थिक वृद्धिदर भइसकेको नेपाललाई नागपासा खेले झै कति छिटो ९९ बाट २ मा झारेको ?

उच्च आर्थिक वृद्धिदर भइसकेको नेपाललाई नागपासा खेले झै कति छिटो ९९ बाट २ मा झारेको ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार समस्यालाई दोष देखाएर उम्किन नमिल्ने बताएका छन् ।

आइतबार सरकारको संसदमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले समस्या समाधानकै लागि सरकार आवश्यक रहेको बताएका छन् ।

‘सरकार भनेको समस्या समाधनकै लागि हो । समस्यालाई दोष देखाएर सरकार उम्किन मिल्छ र ?,’ ओलीले प्रश्न गरे ।

त्यस्तैगरी अध्यक्ष ओलीले सरकारले २ वर्षमै नेपाललाई उच्च अर्थिक वृद्धिदर भएको १० मुलुकबाट शुन्यमा झारेको पनि आरोप लगाएका छन् ।

उनले भनेका छन्

हाम्रो देशको ०७४ साल अघिको एक दशकमा ४ प्रतिशतभन्दा कम दर रहेको आर्थिक वृद्धि आर्थिक वर्षको ०७४,७५ र ७६ गरि ३ वर्षमा समग्रमा ६ .५ प्रतिशतले बढेको थियो । सोही अवधिको विश्लेषणको आधारमा बेलायतबाट प्रकाशित हुने द इकोनोमिक पत्रिकाले सन २०१९ को डिसेम्बरमा नेपाललाई उच्च आर्थिक वृद्धिदर भएको विश्वका १० मुलुकको सूचीमा समावेश गरेको थियो । कति छिटै २ वर्षमा विश्वका तीव्र आर्थिक विकास गर्ने १० वटा मुलुकभित्र पुगिसकेको नेपाललाई नागपासा खेले झै कसरी ९९ बाट २ मा झार्नुभयो ? यही अवस्थाकाबीचमा विश्वको ठूलो अर्थ व्यवस्था भएको मित्र राष्ट्र चीनको र पाँचौ ठूलो आर्थिक व्यवस्था भएको भारतको आर्थिक वृद्धिदर सन २०२३ मा क्रमस ५ प्रतिशत र ६.४ प्रतिशत हुने अनुमान एशियाली विकास बैंकले गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हाम्रो आर्थिक वृद्धिदर २.१६ प्रतिशत खुम्चिने प्रक्षेपण गरेको छ । यो पनि पुग्नेवाला छैन ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *