पोखरा । कालिका र सिद्ध माविमा युनाइटेड कम्युनिटी नेपाल (युनिकन) को आयोजना र एरोस्टार एभिएन इन्स्टिच्युटको सहयोगमा ‘उड्डयन शिक्षा’ शुभारम्भ भएको छ ।
नमुना परियोजनारुपमा सञ्चालन गरिएको उक्त कार्यक्रम यस शैक्षिक सत्रभरि सञ्चालन हुनेछ । कार्यक्रममा कक्षा ८ र ९ का विद्यार्थीको सहभागिता रहनेछ । यो कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार सञ्चालन गरिने युनिकनका कार्यकारी निर्देशक विनोद न्यौपानेले जनाए ।
उक्त कार्यक्रमअन्तर्गत पोखराका २ विद्यालयका ५० देखि ६० इच्छुक विद्यार्थीलाई सहभागी गराइनेछ । विद्यार्थीलाई उड्डयन शिक्षाअन्तर्गत भविष्य निर्धारणका लागि त्यहाँभित्र आवश्यक जनशक्तिको उत्पादनसम्बन्धी सम्पूर्ण जानकारी दिइनुका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन समेत गराइनेछ ।
कार्यक्रमको सहजीकरण नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व उपमहानिर्देशक देवेन्द्र केसीले गर्ने छन् । साथै विमानस्थलभित्र विभिन्न क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई समेत अतिथिरुपमा कार्यक्रममा सहजकर्ताको रुपमा आमत्रण गरिनेछ ।
सामुदायिक विद्यालयमा यस किसिमको कार्यक्रम नेपालमै पहिलोपटक आयोजना गरिएको र यसले उड्डयन क्षेत्रमा विद्यार्थीको बुझाइ गहिराइसम्म पु¥याउने लक्ष्य राखेको छ ।