उता रवि बार्दलीमा, यता एमालेको यस्तो आरोप ?

उता रवि बार्दलीमा, यता एमालेको यस्तो आरोप ?

काठमाडौं । गएको चुनावमा अप्रत्यासित मतसहित उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूला दलहरुले विभिन्न आक्षेप लगाउन थालेका छन् ।

रास्वपाले पार्टीको आकार लिएपनि उसँग कुनै निश्चित विचार, सिद्धान्त र मान्यता नै नभएको भन्दै भेद खुल्नुपर्ने तर्क अघि सार्ने गरिएको छ ।

रवि नेतृत्वको दलमा सामाजिक सञ्जालमा चर्चा कमाएकादेखि बैंकरसम्म अटाएपनि यसलाई ठूला दलका नेताहरु किन पार्टीको रुपमा स्वीकार गर्न तयार देखिन्नन त ?

रास्वपा गठन भएको यहि असार ७ गते एक वर्ष पुग्यो । पत्रकारिता गरेपछि केहि समय अमेरिका बसेर फेरि पर्यटक भिसामा नेपाल फर्किएका रवि पुनः पत्रकारिता शुरु गरे ।

टेलिभिजन कार्यक्रमबाट चर्चा कमाएसँगै उनले आफू पनि सहभागी भएर अर्को टेलिभिजन खोले । त्यहाँबाट सक्रिय राजनीतिमा हाम फालेका रविले गएको चुनावमा अप्रत्यासित मत पाए ।

समानुपातिकमा पनि अथाह मत पाएका रविको दल रास्वपासँग अहिले प्रतिनिधिसभामा २१ सांसद छन् ।

रवि पार्टी निर्माणको सिलसिलामा विभिन्न जिल्लामा पुगिरहेका छन् । केहिदिन पहिले मात्रै उनी सुदूरपश्चिमको बाजुरा पुग र त्यहाँ जिर्ण देखिने घरको बार्दलीमा पुगे ।

चर्चा कसरी कमाउन सकिन्छ भन्ने जानेका रविको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चा, गाली र विभिन्न कुराको प्रतिक्रिया पाउनेमा पर्छ ।

मिसन २०८४ भन्दै पार्टी संगठन विस्तारमा लागेका रविको रास्वपालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने दलको रुपमा स्वीकार गर्नै सकेको देखिन्न ।

कुनै एक क्षेत्रमा लोकप्रियता हासिल गर्दैमा राजनीतिमा पनि लोकप्रियता हासिल गर्न सकिन्छ भन्नु जनतामाथिको इमोसनल ब्ल्याकमेलिङ भएको टिप्पणी गरेका एमाले महासचिव शंकर पोखरेलले सोसल मिडियामा छाएका सेलिब्रेटीलाई भेला गरेर राजनीतिक दल बन्न नसक्ने बताएका छन् ।

एमालेसँग संसदमा समेत राम्रो सहकार्य गरिरहेको रास्वपाका लागि एमालेले अझैं पनि दलको रुपमा ग्रहण गर्न सकेको देखिन्न । एमाले अध्यक्ष केपी ओलीले समेत भेद नखुलेको दलको रुपमा अर्थ्याउने गरेका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका महासचिव धनश्याम भुसालले पनि रास्वपाको हविगत पनि पुरानै दलको जस्तो हुने भन्दै नयाँ केहि गर्न नसक्ने दाबी गरिदिए ।

ठूला र पुराना भनिएका दलहरुले रविको पार्टीलाई विचार, सिद्धान्त नभएको पार्टीको रुपमा अर्थ्याउदै आएका छन् ।

रविको रास्वपाले कुन विचारको वकालत गर्छ भन्ने प्रष्ट नहुँदा यस्तो आरोप खेपिरहेको छ । अझं दलको विधान लेखनमै त्रुटी फेला परेको भन्दै आलोचनापछि पुनर्लेखनको विषयले रास्वपाको भेद कहिले खुल्छ भन्नेको जमात ठूलो देखिन्छ ।

राजनीतिक दलको निश्चित उद्देश्य, कार्यक्रम, विचार अनिवार्य सर्त मानिन्छ । अन्यथा क्लबको रुपमा समेत अर्थ्याइने गरिन्छ ।

अगाध विश्वास कमाएको रास्वपाले कुन विचार अबलम्वन गर्ला ? वा शंकर घनश्यामले भने जस्तै सामाजिक सञ्जालमा चर्चा कमाएकालाई भेला पारेर मात्रै बस्ला ? यो हेर्न भने बाँकी नै छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *