उपराष्ट्रपतिको औचित्यमाथि उठ्यो प्रश्न, पद नै खारेज गर्न सांसद मनिष झाकाे माग

उपराष्ट्रपतिको औचित्यमाथि उठ्यो प्रश्न, पद नै खारेज गर्न सांसद मनिष झाकाे माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन् । उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेको भन्दै यसको औचित्यमाथि नै प्रश्न उठाए ।

‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात आजसम्म ५ हजार ११५ दिन भएको रहेछ । ४ वटा कार्यकाल, तिनवटा अनुहार । त्यो हेर्दैगर्दाखेरी सम्झिन लायकको कुराहरु के छ त ?’ उनले प्रश्न गर्दै भने, ‘५ हजार ११५ दिनले यो पदले सम्झिन लायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँ ? यसले दिएको हामीलाई ? त्यसैले गर्दा त्यो सम्झिन सक्दैनौँ भने यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ । त्यसैले गर्दापनि हामीले सोच्नुपर्छ । हामी यो पदको परिकल्पना गर्दैनौँ । हामी यो पद आवश्यक छैन भन्छौँ । र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ ।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *