उपहारमा काठमाडौं महानरपालिकाको कथा

उपहारमा काठमाडौं महानरपालिकाको कथा

काठमाडौं ।

आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्म उपहारको हालै ओएसआर डिजिटल युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको छ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्मको ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ।

खासगरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनावलाई ट्रेलरमा स्थान दिइएको छ।

अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रूपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ।

रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्यायलगायतले अभिनय गरेको फिल्म रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा सुलभ प्रतीक र समीक्षा देउजाद्वारा निर्मित फिल्ममा बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन, र अनुपम गौतमको भीएफएक्स रहेको छ।

<

p style=”text-align: justify”>

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *