उपेन्द्रका डर र प्रचण्डको चरम सत्ता लिप्साले बाबुराम मोर्चाबाटै आउट

काठमाडौं । सोमबार घोषणा भएको नेकपा माओवादी केन्द्र सहितका चार दलको समाजवादी मोर्चामा बाबुराम भट्टराइ नअटाएपछि राजनीतिक बृतमा विभिन्न खाले टिकाटीप्पणी सुरु भएका छन् ।

समाजवादी मोर्चाका सुत्राधार मानिएका बाबुराम आफै मोर्चामा किन अटाउन सकेनन ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगको भेटबाटै मोर्चा बनाउने सहमति भएको उद्घोष गरेका बाबुराम अन्तिम समयमा आएर किन आउट भए ? निकै चासोको बिषय बनिरहेको छ ।

गएको शुक्रबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले विचार मिल्ने शक्तिहरुबीचको मोर्चा बनाउने सहमति भएको उद्घोष गरेका थिए ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम लगायतका बिषयमा सवै पक्ष संग गम्भिर छलफल गर्दै अघि बढ्ने समझदारी भएको उल्लेख गरेका थिए । तर, सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र सहितका चार दलले सोमबार मोर्चा घोषणा गर्दा बाबुरामले भने मोर्चामा स्थान पाउन सकेनन् ।

समाजवादी मोर्चाका सुत्राधार बाबुराम आफै मोर्चामा अटाउन नसकेपछि टिव्टर मार्फत मोर्चा भित्री र बाहिरी शक्तिहरुसंग बार्गेनिङ् गर्ने हतियार बनाउने दुष्कर्म नहोस भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले लेखेका छन् । समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदत्ता वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो ।

कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्रि र बाहिरी शक्तिहरुसँग बार्गेनिङको हतियार बनाउने दुष्कर्म नहोस ! केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न हेक्का रहोस् !

बाबुरामलाई मोर्चामा सामेल गराउन प्रधानमन्त्री प्रचण्डले निरन्तर प्रयास गरेपनि जसपा अध्यक्ष उपेन्द्र यादवसंगको तुषले उनले मोर्चामा स्थान नपाएको धेरैको बुझाई छ । हुनत, उपेन्द्र यादवसँगको टसलका कारण भट्टराई मोर्चामा सहभागी नहुने चर्चा यसअघिनै चलेको थियो । तर, बाबुराम आफैले सामाजिक सञ्जालबाटै बाहिर चलेको हल्लामा नबग्न आग्रह नै गरेका थिए । यद्यपि बाबुरामविरुद्धको उक्त हल्लाले यथार्थ रुप लिन पुग्यो ।

विगतमा जसपामा बाबुराम र यादबीचको टकराव चलिरहेका बेला बाबुराम निकट धेरै नेताहरु यादवको पक्षमा उभिएका थिए । जसकारण पार्टीमा बाबुराम निकै कमजोर अवस्थामा पुगे र केहि नेताहरुको साथ लिएर जसपा त्याग गरि नेपाल समाजवादी पार्टी गठन गरे ।

अब समाजवादी मोर्चामा बाबुरामलाई सामेल गराउँदा आफ्नो पक्षमा उभिएका नेताहरु फेरी बाबुरामकै लाइनमा जाने भय उपेन्द्रमा छ ।

विगतका यी र यस्तै कारणले यादवले बाबुरामलाई मोर्चामा सामेल गराउन नचाहेको कतिपयको बुझाइ छ । यो बाबुराम र यादवबीचको विषय भएपनि संसदमा राम्रो शक्ति अभ्यास गर्न चाहेका प्रचण्डले संसदीय अंकगणितलाई ध्यान दिदा बाबुराम छुट्न पुगेका हुन् ।

प्रचण्डलाई आफ्नो चुनावी मैदान खाली गराएर एकता र सहमतिको बाटो खुलाएका बाबुराम प्रचण्डको सत्ता र शक्तिको उन्मादले फेरि समाजवादी मोर्चामा संलग्न हुने बाटो बन्द गरिदिन पुगेको छ ।

समाजवादी मोर्चा पनि सत्ता र शक्तिको दाउपेचमा संलग्न नहोला भन्ने आधार यसले पनि नछाडेका कारण अब मोर्चाको बाटो कस्तो हुन्छ त्यो हेर्न भने रोचक नै हुने देखिन्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top