उसु खेलाडीलाई महासंघको बधाई

नेपाल समाचारपत्र ।  चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि छनोट भएका खेलाडीको सम्मानमा नेपाल उसु महासंघले बुधबार बधाइ कार्यक्रम आयोजना ग¥यो ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदसय समेत रहेका नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलाले खेलाडीलाई उच्च मनोबलका साथ तयारीमा जुट्न आग्रह गरे ।

एसियाडका लागि उसुको थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएका छन् । थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा महिलामा आर्मीकै सुस्मिता तामाङ छनोट भए ।

नान् छ्वान अलराउन्डको पुरुषमा कर्णाली प्रदेशका दीपक हमाल तथा महिलामा बागमतीकी निमा घर्ती मगर छानिए । थाइची छ्वान अलराउन्डको पुरुषमा आर्मीका पासाङ शेर्पा तथा महिलामा आर्मीकै सविता राई छनोट भए । महिला चेन सु÷छियाङ सुमा एपीएफकी कविता थापा छनोट भइन् ।

सान्सौंतर्फ पुरुष ५६ केजीमा एपीएफका रोहित चुनारा, ६० केजीमा एपीएफकै मंगलप्रसाद थारु, ६५ केजीमा नेपाल प्रहरीका समन घुस्री र ७० केजीमा आर्मीका पदम राई छनोट भए । महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी छनोट भइन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top