ऋचा भेदभावको शिकार

ऋचा भेदभावको शिकार

बलिउड फिल्म नगरीमा यस्ता कयौं कलाकार छन्, जसले आफ्नो नामका लागि निकै संघर्ष गरेका छन्।
बलिउडमै संघर्ष गरेर सफलता कमाएकी अभिनेत्री ऋचा चढ्ढाले आफूले बलिउडमा खेप्नुपरेको भेदभावबारे मुख खोलेकी छिन्। पिंक भिल्लाका साथ हालै गरेको कुराकानीमा उनले बलिउडमा नयाँ र संघर्षरत कलाकारलाई गरिने फरक किसिमका व्यवहारबारे बताएकी हुन् ।

उनले सन् २००८ मा आफूले काम गरेको ओए लक्की लक्की ओए नामक फिल्मको सेटमा खेप्नुपरेको एक विभेदबारे भनेकी छिन् त्यतिबेला म सिर्फ एक सिनको लागि १०३/१०४ ज्वरो आएको बेला पनि कलेजबाट सीधै सुटिङ सेटमा पुगेकी थिएं । जबकि, अन्य कलाकारलाई त्यो बाध्यकारी नियमको छुट थियो। अर्को एक फिल्मको सेटमा भएको घटना संझिदै ऋचाले भनेकी छन् फिल्मकै अर्को कलाकार अलि ढिला आउने भएकाले उनी नआउन्जेलका लागि त्यहाँको स्पेसल भ्यानिटी भ्यान मलाई प्रयोग गर्न दिइएको थियो। तर, ती कलाकार समयभन्दा अगाडि नै आए र उनको स्टाफले भ्यानिटी भ्यानबाट मेरो सम्पूर्ण सामान फालिदिए। त्यो बेला मलाई निकै नराम्रो लाग्यो। मैले प्रयोग गरिरहेका मेकअपका सामान फलिंदा केही सामान फुटे, त्यो सबै कम्पनीको सामान थियो। मसँग त्योबेला आफ्नै मेक अप किट थिएन। त्यतिबेला मुख्य कलाकारलाई छुट्टै भ्यानिटीभ्यान दिइन्थ्यो। तर, महिला भएर पनि मैलेचाहिं अन्य तीन/चार जना व्यक्तिका साथ भ्यानिटी भ्यान प्रयोग गर्नु पर्थियो।

ऋचाले बलिउडमा कलाकारको भूमिका र चर्चा हेरेर सुटिङ सेटमा व्यवहार गरिने र आफूले त्यस्ता कयौं विभेद भोगेको जनाउँदै हाल आफूले पनि प्रोडक्सन हाउस खोलेको र सबै रोलका कलाकारलाई समान व्यवहार गर्ने गरेको कुराकानीमा बताएकी छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *