एउटै गीत एकसाथ ७ भाषामा

एउटै गीत एकसाथ ७ भाषामा

गायक तथा संगीतकार टंक बुढाथोकीले राजधानीमा आयोजित एक कार्यक्रमका बीच एउटै गीतलाई एकसाथ सात भाषामा सार्वजनिक गरेका छन्।

उनले धन्यवाद बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरी सात भाषामा सार्वजनिक गरेका हुन्। सबै गीत भिडियोसहित उनको युट्युब च्यानलमा अपलोड गरिएको छ।

गीतमा शब्द र संगीत टंककै छ भने उनलाई स्वरमा गायिका अन्नु चौधरीले साथ दिएकी छन्। गीतको भिडियोमा राहुल शाह र समिस्रिका परियारको नृत्य र अभिनय छ। थारु भाषाको गीतको भिडियोमा भने गायक गायिका टंक र अन्नु स्वयंले अभिनय गरेका छन्। कार्यक्रममा संघीय सांसद सुनील केसीले टंकको नयाँ प्रयासको प्रशंसा गरे।

टंकले एक वर्षदेखि यो गीतका लागि मेहनत गरेको जानकारी गराउँदै सबै भाषाको ज्ञान नहुँदा धेरै समय लागेको र सबैभन्दा बढी नेवारी भाषामा समय लागेको बताए। ञहामी नेपालीलाई आफूले बोल्ने भन्दा अन्य भाषाको ज्ञान कमै हुन्छ। त्यसैले, गीतमार्फत भए पनि भाषाको प्रमोट होस् भनेर यो कार्य गरेको हुँ, टंकले भने।

गीतको ६ भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादन पवन सुस्लिङले गरेका छन्। थारु भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *